खेलकूद
नेपाल र पपुवान्युगिनि भिड्दै
२०७९ फागुन १९ गते ९:५१
१९ फागुन २०७९ काठमाडौं । युएईमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवान्युगिनीसँग खेल्दैछ ।
नेपाल र पीएजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा शुरु हुनेछ ।
यसअघि सोमबारको खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो । नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया