विश्वकप फुटबल-२०२६ मा कति जना छन् महिला रेफ्री ?
काठमाडौं : फिफा विश्वकपको इतिहासमा रेफ्रीको भूमिका लामो समयसम्म पुरुषकै वर्चस्वमा सीमित देखिन्थ्यो। तर पछिल्ला वर्षहरूमा फुटबलको विश्व निकायले क्षमता र प्रदर्शनलाई आधार बनाउने नीति अघि सारेपछि महिला रेफ्रीहरू पनि विश्वकपको सबैभन्दा ठूलो मञ्चमा पुगे। आज विश्वकपमा महिला रेफ्रीको उपस्थिति केवल प्रतीकात्मक प्रतिनिधित्व होइन, विश्व फुटबल प्रशासन र अफिसियटिङ संरचनामा आएको परिवर्तनको संकेत बनेको छ।।।
फिफा पुरुष विश्वकप २०२६ मा ६ जना विश्वस्तरीय महिला म्याच अफिसियल (रेफ्री) हरूले इतिहास रचिरहेका छन्। फिफाले लैंगिकता होइन, क्षमता र गुणस्तर पहिलो भन्ने कडा नीति लागू गरेपछि विश्वभरका १७० शीर्ष म्याच अफिसियलहरूमध्ये यी ६ महिलाहरू छनोट भएका हुन्।
पुरुष विश्वकप सुरु भएको करिब एक शताब्दीपछि पहिलोपटक सन् २०२२ को कतार विश्वकपमा महिलाहरूलाई आधिकारिक रूपमा मैदानमा रेफ्री र सहायक रेफ्रीको भूमिकामा समावेश गरियो। त्यसपछि २०२६ संस्करणमा पनि यो अभ्यास निरन्तर रह्यो। फिफाले लिङ्ग होइन, क्षमता भन्ने सिद्धान्तलाई प्राथमिकता दिएको र उत्कृष्ट प्रदर्शन, फिटनेस, नियमको ज्ञान र अन्तर्राष्ट्रिय अनुभवका आधारमा रेफ्री चयन गरेको छ। आउनुस जान्ने प्रयास गरौ।
पुरुष फिफा विश्वकपमा कहिलेदेखि महिला रेफ्री समावेश गर्न सुरु गरियो त ?
पुरुष फिफा विश्वकपमा पहिलोपटक सन् २०२२ कतार विश्वकपमा महिला रेफ्रीलाई समावेश गरियो। त्यो विश्वकपमा ३ जना मुख्य रेफ्री र ३ जना सहायक महिला रेफ्री नियुक्त गरिएका थिए।
अहिले २०२६ विश्वकपमा कति महिला छन्? पुरुष कति छन्?
फिफाले विश्वकप २०२६ मा कुल १७० म्याच अफिसियलहरू चयन गरेको छ, जुन २०२२ को विश्वकपको १३९ भन्दा बढी हो ।फिफाका अनुसार कुल १७० जना म्याच अफिसियलहरू जसमा ५२ रेफ्री, ८८ सहायक रेफ्री र ३० भिडियो म्याच अफिसियल टुर्नामेन्टमा सहभागी हुनेछन् । तीमध्ये २ जना महिला मुख्य रेफ्री छन्। साथै ३ महिला सहायक रेफ्री र १ महिला भिडियो म्याच अफिसियल (VAR) पनि छन्। बाँकी अधिकांश पुरुष अधिकारीहरू छन्।
विश्वकप २०२६ मा चर्चामा रहेका महिला मुख्य रेफ्रीहरु :
१ Tori Penso — अमेरिका
टोरी पेन्सो फिफा पुरुष विश्वकप २०२६ मा खेल सञ्चालन गर्ने अमेरिकाकी पहिलो र विश्वकै एक प्रतिष्ठित महिला मुख्य रेफ्री हुन्। ३९ वर्षकी पेन्सोले यही विश्वकपको समूह चरण अन्तर्गत चेक गणतन्त्र र दक्षिण अफ्रिकाबीचको खेलमा मुख्य रेफ्रीको भूमिका निभाएर नयाँ इतिहास रचेकी छन्।
२ Katia García — मेक्सिको
कातिया गार्सिया फिफा पुरुष विश्वकप २०२६ मा मुख्य रेफ्रीको रूपमा खेल सञ्चालन गर्ने मेक्सिकोको इतिहासकै पहिलो महिला हुन्। ३३ वर्षकी गार्सिया विश्वकप २०२६ का लागि छनोट भएका ५२ जना मुख्य रेफ्रीहरूमध्ये विश्वभरकै दुई मात्र महिलाहरू मध्ये एक हुन्
इतिहास बनाउने पहिलो महिला रेफ्रीहरू कतार विश्वकप (२०२२)
मुख्य रेफ्री
- Stéphanie Frappart, फ्रान्स – पुरुष विश्वकपको खेल सञ्चालन गर्ने पहिलो महिला रेफ्री, जर्मनी–कोस्टारिका खेलमा मैदान सम्हालेकी थिइन्।
- Salima Mukansanga ,रवाण्डा – अफ्रिकाबाट विश्वकप पुग्ने पहिलो महिला रेफ्री ।
- Yoshimi Yamashita ,जापान -एशियाबाट विश्वकपमा रेफ्री बनेकी ऐतिहासिक प्रतिनिधि।
सहायक महिला रेफ्री (Assistant Referees)
1Neuza Back , ब्राजिल
2Kathryn Nesbitt ,अमेरिका
3Karen Díaz Medina, मेक्सिको
के छ? महिला रेफ्री छनोटको मापदण्डहरु
फिफाले रेफ्री चयन गर्दा सामान्यतः यी आधार हेर्ने गर्छ ।
- अन्तर्राष्ट्रिय अनुभव -FIFA सूचीमा सक्रिय रेफ्री हुनु।
- फिटनेस परीक्षण – उच्च स्तरको शारीरिक क्षमता हुनु।
- नियमको ज्ञान – खेलका नियममा उत्कृष्ट मूल्यांकन र ज्ञानको क्षमता हुनु।
- ठूला प्रतियोगिताको अनुभव – महादेशीय प्रतियोगिता, विश्वकप छनोट, क्लब प्रतियोगिता जस्ता खेलको अनुभव हुनु।
- VAR सञ्चालन क्षमता
- दबाबमा निर्णय क्षमता
- भाषा र संचार कौशल
- लगातार प्रदर्शन मूल्यांकन
फिफा पुरुष विश्वकपमा महिलालाई किन समावेश गर्न थालियो?
यसको मुख्य कारण प्रतिनिधित्व मात्र होइन।
1उत्कृष्ट महिला अफिसियलहरू विश्वस्तरमा तयार भइसकेका थिए।
2 पुरुष र महिला दुवै खेलमा सफल प्रदर्शन देखाइसकेका थिए।
3फिफाले योग्यता पहिले, लिङ्ग पछि भन्ने नीति अघि बढायो।
4 विश्व फुटबललाई अझ समावेशी र व्यावसायिक बनाउने लक्ष्य राखियो।
विश्वस्तरका महिला अफिसियल तयार भइसकेका थिए। महिला रेफ्रीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए फिफाले “Quality First” नीति लागू गर्यो विश्व फुटबललाई अझ समावेशी र व्यावसायिक बनाउने लक्ष्य राखियो। फिफा विश्वकपमा महिला रेफ्रीको सहभागिता केवल ऐतिहासिक घटना होइन, विश्व फुटबलको संरचनागत परिवर्तनको संकेत हो। कतार २०२२ बाट सुरु भएको यो यात्रा २०२६ मा अझ मजबुत बनेको छ। अब विश्वकपमा रेफ्रीको मूल्यांकन पुरुष वा महिला भनेर होइन, खेलको स्तर, निर्णयको शुद्धता र व्यावसायिक क्षमताबाट मापन गरिन्छ।

प्रतिक्रिया