माेनोरेल सञ्चालनकालागि काठमाडौं महानगरपालिका र चिनिया कम्पनी बिच सम्झौतामा हस्ताक्षर

११ जेष्ठ २०७५, शुक्रबार १८:५७

काठमाडौं ११ जेठ । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

दलित विद्यार्थीलाई संस्कृत पढन निषेध गरेपछि झापामा अधिकारकर्मी अान्दोलित

११ जेष्ठ २०७५, शुक्रबार १८:४८

पंकज शर्मा / झापा ११ जेठ  । झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेपछि झापाका दलित अधिकारकर्मीहरु आन्दोलित बनेका छन् ।


समाचार

विकास- निर्माण अलपत्र भए भन्दै झापाबाट प्रधानमन्त्रीलाई ज्ञापन

११ जेष्ठ २०७५, शुक्रबार १९:३३

झापा, जेठ ११ । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले विगतका सरकारका पालामा सुरू भएका करोडौंका विकास आयोजना निर्माण अलपत्र तथा ढिलासुस्ती भएको भन्दै छिटो काम सुचारूको माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

मन्त्री रविन्द्र अधिकारीकाे सय दिन : ९५ प्रतिसत काम पुरा भएकाे दाबी

११ जेष्ठ २०७५, शुक्रबार १९:२२

काठमाण्डौ ११ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उपलब्ध स्रोत साधनको उपयोग गर्दे सय दिनको अवधिमा प्रत्यक्ष रुपमा जनतालाई महसुस हुने अधिकतम काम सम्पन्न भएको बताएका छन । 

मालिका इन्कर्पोरेटले भित्र्यायो अमेरिकन कम्पनी जेब्राकाे सूचना प्रविधि सेवा

११ जेष्ठ २०७५, शुक्रबार १९:०८

काठमाण्डौ ११ जेठ । सूचना प्रविधिको क्षेत्रमा विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्र्याएकाे छ । 

माेनोरेल सञ्चालनकालागि काठमाडौं महानगरपालिका र चिनिया कम्पनी बिच सम्झौतामा हस्ताक्षर

११ जेष्ठ २०७५, शुक्रबार १८:५७

काठमाडौं ११ जेठ । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

दलित विद्यार्थीलाई संस्कृत पढन निषेध गरेपछि झापामा अधिकारकर्मी अान्दोलित

११ जेष्ठ २०७५, शुक्रबार १८:४८

पंकज शर्मा / झापा ११ जेठ  । झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्री कृष्ण दै्रपायन गुरुकुल बेद विधाश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेपछि झापाका दलित अधिकारकर्मीहरु आन्दोलित बनेका छन् ।


राष्ट्रिय

तुलसी दिवसलाई ‘युगकवि सिद्धिचरण पुरस्कार २०७५’ प्रदान

काठमाण्डौ, ९ जेष्ठ । नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पुर्याएबापत वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई यसवर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार २०७५’ प्रदान गरिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्ती अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले बुधबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई उक्त पुरस्कार प्रदान गरे ।

त्यसैगरी प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार गणेश राईलाई प्रदान गरेको छ । युगकवि सिद्धिचरण पुरस्कारमा एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ भने पत्रकारिता पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा उपराष्ट्रपति पुनले जहानिया राणा शासणविरुद्ध युगकवि सिद्धिचरणले कमल चलाउनुभएको भन्दै उहाको साहित्यीक योगदानको चर्चा गरेका थिए ।

युगकवि सिद्धिचरण श्रेष्ठको विसं १९६९ जेठ ९ गते बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगामा जन्म भएको हो । सिद्धिचरणका मेरो प्यारो ओखलढुंगा निकै चर्चित कविता हो । ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’, ‘सिद्धिचरणका प्रतिनिधि कविता’, ‘तिरमिर तारा’ र ‘बाँचिरहेको आवाज’ उनका कविता संग्रह हुन् भने ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘मंगलमान’ र ‘आँसु’ खण्डकाब्य हुन् ।

९ जेष्ठ २०७५, बुधबार १८:४५

नेपाल स्काउटको ज्याम्बोरीको तयारी तीव्र

नुवाकोट, ९ जेष्ठ । पाँच वर्षपछि हुन लागेको नेपाल स्काउटको ज्याम्बोरीको नुवाकोटको ककनीस्थीत नेपाल स्काउट अन्तराष्ट्रिय तालिम केन्द्रमा तयारी तीव्र पारिएको छ ।

आगामी १६ देखि २१ जेठसम्म स्काउट बृहत् भेला ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ नुवाकोट ककनीस्थित अन्तराष्ट्रिय ज्याम्बोरी स्थलमा हुने भएपछि तयारी पनि तीव्र पारिएको हो । करिब ९ सय रोपनीमा फैलिएको उक्त तालिम केन्द्रभित्र टेन्ट, भौतिक पूर्वाधार लगायतको तयारी पनि भइरहेको केन्द्रका संयोजक शिवराम अर्यालले जानकारी दिए ।

७ प्रदेशका ७० भन्दा बढी जिल्लाका करिब ५ हजार स्काउट सहभागी हुने ज्याम्बोरीमा विभिन्न क्रियाकलाप समावेश गरिएको छ । अतिरिक्त क्रियाकलापका लागि पनि आवश्यक सबै तयारी जेष्ठ १५ गतेसम्म सकिने संयोजक अर्यालले बताए ।

ज्याम्वोरीको उद्घाटन भने जेष्ठ १७ गते प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको नेपाल स्काउटले जनाएको छ । तेस्रो ज्याम्बोरीमा नेपालका स्काउटका अतिरिक्त भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, एसिया प्रशान्त क्षेत्र सदस्य मुलुकका स्काउट,संगठन पदाधिकारी, विश्व स्काउट संगठन केन्द्रीय कोषाध्यक्षसहित अमेरिकासमेतका स्काउट सहभागी रहने छ ।

यसअघि नेपालमा २०४३ साल १६ देखि २२ चैतसम्म कीर्तिपुरमा पहिलो र २०६९ साल २७ चैतदेखि २०७० साल २ वैशाखसम्म चितवन टिकौलीमा दोस्रो ‘नेपाल स्काउट ज्याम्बोरी’ सञ्चालन भएको थियो ।

९ जेष्ठ २०७५, बुधबार १६:३९

नीति तथा कार्यक्रममाथि छलफल: सत्तापक्षको बचाउ, प्रतिपक्षीको कडा अालोचना

काठमाण्डौ, ९ जेष्ठ । सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बुधबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

छलफल अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रपतिबाट यही जेठ ७ गते संघीय ससद्को दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सत्तापक्ष सांसदहरूले सरकारको निति तथा कार्यक्रमको समर्थन गर्दै बचाउ गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरूले कडा आलोचना गरेका छन् ।

छलफलमा भाग लिंदै नेकपा सांसद ओनसरी घर्ति मगरले दुई तिहाई सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले मुलुकको समृद्धिका लागि सरकारको कार्यक्रम महत्वपूर्ण भएको भन्दै छिमेकी मुलुकसंगको सम्बन्ध सुमधुर बनाउँदै अघि बढ्नुपर्ने बताइन् ।

छलफलमा भाग लिंदै कांग्रेस सांसद मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम स्पष्ट आधारमा रहेर आउनुपर्नेे बताए । कसैले हल्लाउन नसक्ने सरकारले यस्तो कमजोर कुरो गर्दा नागरिकमा ठूलो निराशा उत्पन्न गराएको भन्दै उनले अहिलेको सरकारले यस्तो भन्न नसुहाउने बताए । उनले अब सरकारले ल्याउने बजेटले सबै क्षेत्र र वर्गलाई समेट्ने गरी ल्याउन सुझाव दिए ।

त्यस्तै छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रम महत्वाकांक्षी रहेको भन्दै कार्यान्वयनमा चूनौति रहेको धारणा राखेका थिए । नीति तथा कार्यक्रममाथि संघीय संसदमा तीन दिनसम्म छलफल हुने कार्यसूची छ ।

९ जेष्ठ २०७५, बुधबार १४:१७

६ केजी लागू अौषध चरेससहित बाबुछोरा पक्राउ

कैलाली, ९ जेष्ठ । कैलालीमा ६ केजी लागू अौषध चरेससहित दुई जना बाबुछोरा पक्राउ परेका छन् ।

क्षेत्रीय अनुसन्धान समूह ७ नम्बर प्रदेश (आरआईटी) को टोलीले बुधबार बिहान आलुको बोराभित्र लुकाइ छिपाइ राखेको अवस्थामा चरेससहित उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–१ बाट बाजुरा छेडेदह गाउपालिका–३ घर भएका वर्ष ५० का नौले बुढा र उनका छोरा २९ वर्षीय छत्र बुढा पक्राउ परेका हुन् ।

७ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शरद चन्दले पक्राउ परेका बाबु–छोरालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जनाए ।

९ जेष्ठ २०७५, बुधबार १२:२६

राजनीति

नेकपाको केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाण्डौ, ८ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेसँगै पार्टीको केन्द्रीय समितिले पूर्णता पाएको छ ।

जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएअनुसार एमालेतिरबाट २४१ र माओवादीतिरबाट २०० जनाले केन्द्रीय सदस्यमा प्रवेश पाएका हुन् ।

सोमबार बसेको सचिवालय बैठकले ४४१ जनाको नाम अनुमोदन गरेको थियो। विघटित दुई पार्टीमा वरीयता क्रम छुट्याउने क्रममा विवाद देखिएपछि अन्ततः वर्णानुक्रम अनुसार नाम सार्वजनिक गरिएको हो।

त्यसैगरी नेकपाको स्थायी समितिमा ६ जना नेतालाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ । जसमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, केशव खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन् ।

८ जेष्ठ २०७५, मंगलवार १५:४०

संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको छ: प्रचण्ड

काठमाण्डौ, ७ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्नेबारे प्रधानमन्त्रीसहित छलफल भएको जानकारी पनि दिए ।

प्रचण्डले मधेशमा आधारित राजनीतिक दललाई सरकारमा ल्याउन पहल भइरहेको जानकारी दिंदै यस विषयमा छिटै सहमतिमा हस्ताक्षर हुनसक्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रकै आधारमा आएको जानकारी दिए ।

नीति तथा कार्यक्रममार्फत् संविधान कार्यान्वयनका लागि तीनै तहमा संयोजन गर्नेगरी बजेट तयार हुनेसमेत उनले बताए ।

७ जेष्ठ २०७५, सोमबार १९:०५

नीति तथा कार्यक्रम कार्यान्वयनमा राजपाको आशंका

काठमाण्डौ, ७ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालले नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका रहेको जनाएको छ ।

संसद भवन नयाँबानेश्वरमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक २०७५–७६ को नीति तथा कार्यक्रमप्रति आफूहरूको कुनै समर्थन नरहेको समेत बताए । सविधान संशोधनप्रति यो नीति तथा कार्यक्रममा एक शब्द पनि प्रयोग नभएको भन्दै विरोध रहेको उनको भनाइ छ ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले पनि नीति तथा कार्यक्रमको विरोध गरे ।

७ जेष्ठ २०७५, सोमबार १८:५८

अन्तराष्ट्रिय

आईपीएलको प्लेअफ अाजबाट सुरु, पहिलो भिडन्त सनराइजर्स र चेन्नाईबीच हुँदै

काठमाण्डौ, ८ जेष्ठ । इण्डियन प्रिमियर लिग आईपीएलमा मंगलबारबाट प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

मंगलबार मुम्बईको बाङ्खडे स्टेडियममा हुने पहिलो क्वालिफायर खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद र तालिकाको दोस्रो स्थानमा रहेको चेन्नाई सुपरकिङ्स भिड्न लागेका हुन् ।

मंगलबार राति स्थानीय समयअनुसार ८ बजे दुई टिमबीच प्रतिस्पर्धा हुनेछ । सनराइजर्स हैदरावादको कप्तानी केन विलिम्सनले सम्हालेका छन् भने चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले लिइरहेका छन् ।

आजको विजेता आईपीएलको फाइनलमा प्रवेश गर्नेछ भने हार व्यहोर्ने टिमले बुधबार हुने कोलकाता र राजस्थान रोयल्सको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्न पाउनेछ ।

११ औं संस्करणको आईपीएलसम्म आइपुग्दा प्लेअफमा रहेका यी चार टिमले सात पटक उपाधि जितेका छन् । सर्वाधिक ३ पटक चेन्नाईले जित हात पारेको छ भने कोलकाताले २ पटक उपाधि उचालेको छ । त्यस्तै, राजस्थान रोयल्स र सनराईजर्स हैदरावादले समान एक–एक पटक उपाधिमाथि कब्जा जमाइसकेका छन् ।

८ जेष्ठ २०७५, मंगलवार १३:५५

विराटनगरस्थित फिल्ड अफिस हटाउने भारतको निर्णय

काठमाण्डौ, ८ जेष्ठ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने जनाएको छ ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरूलार्इ भारतीय भूमि प्रयोग गर्न इजाजत दिनका लागि भारतीय दूतावासले विराटनगरमा फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म पनि उक्त अफिस हटाइएको छैन ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न पत्र काटिएको भएतापनि भारतले कुनै प्रतिक्रिया दिएको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस तुरुन्त हट्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले उक्त फिल्ड अफिस हटाउने औपचारिक घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएकोले भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

८ जेष्ठ २०७५, मंगलवार १२:१६

सन्दिपले अाजको खेलमा पनि लिए विकेट

काठमाण्डौ, ६ जेष्ठ ।  नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले जारी इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । उनले आइतबार मुम्बई इन्डियन्स विरुद्धको खेलमा विकेट लिएका हुन् ।

द‍िल्ली डेयर डेभिल्सबाट पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।

पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दिपले चौथो बलमा यादवलाई पेभिलियन फर्काएका थिए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् । सन्दिपले पहिलो ओभरमा १३ रन खर्चिएर एक विकेट लिन सफल भएका हुन् ।

सन्दिपको टिम दिल्ली डेयर डेभिल्सले मुम्बईको सामु १७५ रनको चुनौति प्रस्तुत गरेको छ ।

६ जेष्ठ २०७५, आईतवार १८:५६

क्युबा विमान दुर्घटना: मृतकको संख्या ११० पुग्यो, ब्ल्याक बक्स भेटिएसँगै अनुसन्धान सुरु

हवाना, ६ जेष्ठ । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या ११० पुगेको छ ।

मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक र बाँकी ११ जना विदेशी नागरिक रहेको जनाइएको छ । मृत्यु भएका विदेशीहरूमा चालक दलका छ जना सदस्य मेक्सिकोका नागरिक रहेका छन्।  दुर्घटनामा परेका मध्ये १९ वर्षका मैलेन, २३ वर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ वर्षका इमिली सन्चेज गरी तीनजना मात्र जिवित रहेका थिए।

उनीहरूको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको पनि बताइएको छ । अधिकारीहरूले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

अधिकारीहरूले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सहज हुने अौंल्याएका छन् । सन् १९८० यता क्युबामा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो । त्यसैकारण पनि क्युबाको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणासमेत गरेको छ ।

६ जेष्ठ २०७५, आईतवार १५:१३

समाचार