बिशेष
बरहथवा घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन
२०८० पुष २१ गते १७:०१

२१ पुस २०८० काठमाडौं । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि एक नागरिकको मृत्यु भएको घटना छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ ।
मृतकका परिवारलाई १० लाख दिने घोषणा गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य हुनुहुन्छ।
समितिलाई अनुसन्धान प्रतिवेदन सात दिनभित्र बुझाउन भनिएको छ । यस्तै, सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया