खेलकूद

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

हिमालय टिभी
२०८३ कार्तिक १३ गते २०:५१
विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको दोस्रो खेलमा कर्णालीले विराटनगर किङ्सलाई ४ विकेटले हराएको हो । । विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी छँदा पूरा गर्यो ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे । बलिङमा एन्जेलो म्याथुजले सर्वाधिक ३ विकेट लिए । चरिथ असलंंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । बमले ३ चौका र ९ छक्का प्रहार गरे ।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ दशलमव ३ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनाएको थियो । ११६ रनको जवाफी ब्याटिङ गरेकाे जनकपुर बोल्ट्सले १७ दशमलव २ ओभरमा केवल दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । जारी सिजनमा दोस्रो खेल खेलेको जनकपुरको यो पहिलो जित हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *