चिकित्सकको हड्तालले बिरामी उपचारबाट बञ्चित (भिडियो रिपोर्टसहित)

३१ भदौ २०८० काठमाडौं । भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि देशभरका चिकित्सक आन्दोलित छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज विरोध जनाउँदै आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुँदा अस्पताल पुगेका सेवाग्राहीले सेवा पाएनन । आइतबारका लागि पालोलिएर अस्पताल पुगेका बिरामी दुखी भएर घर फर्किए ।
आइतबार लमजुङका विष्णुप्रसाद अधिकारीको दम्पत्ती विहान ८ बजे नै वीर अस्पताल पुग्नुभो ।
दुवै मिर्गौला फेल भएका विष्णुप्रसाद डाइलासिस गर्न अस्पताल पुग्नुभएको थियो । तर अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द हुँदा, विष्णुप्रसादले डाइलासिस गर्न पाउनुभएन । ८ बजे अस्पताल पुग्नुभएका विष्णुप्रसाद १ बजेसम्म अस्पताल खुल्छ कि भन्ने आशामा अस्पताल प्रागंणमा नै बसिरहनु भयो । तर उहाँको डाइलासिस भने हुन सकेन ।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि भएको आक्रमणको विरोध गर्दै दोषिलाई कारबाही गर्नुपर्ने माग गर्दै चिकित्सकले आकस्मिक बाहेकको सबै सेवा ठप्प पार्दा बिरामी मर्कामा परे ।
नागरिक बन्द हड्ताल गरेर विरोध गर्न नहुने पक्षमा छन् । स्वास्थ्य सेवा नै ठप्प पारेर गर्ने विरोधको कुनै अर्थ नहुने तर्क गर्छन् । तर चिकित्सक भने आफूसँग विकल्प नै नभएकाले बन्द गर्नुपरेको बताउँछन् ।
चिकित्सकहरुले आफू भगवान नभएकाले उपचारका क्रममा हुने घटनालाई स्वीकार गर्नुपर्ने र गल्ती भएको अवस्थामा कानुनी कार्वाही भोग्न तयार रहेको बताउँदै आएका छन् । केही व्यक्तिले कानूनी लडाइँभन्दा पनि स्वास्थ्यकर्मीमाथि हातपात गर्दा, चिकित्सकहरु जोखिमपूर्ण उपचारमा संलग्न हुनुभन्दा विदेश पलायन सोचमा देखिन्छन ।
प्रतिक्रिया