आर्थिक

शेयर बजारमा आज दाेहाेरो अंकको बृद्धि

हिमालय टिभी
२०८३ कार्तिक १२ गते १६:०८
शेयर बजारमा आज दाेहाेरो अंकको बृद्धि

काठमाडौं :  शेयर बजारमा आज दाेहाेरो अंकको बृद्धि भएकाे छ ।

आज शेयर बजार परिसूचक नेप्से ३३.२९ अंक बढेर २६६४ विन्दुमा पुगेकाे छ । नेप्से साउन ३० गते यताकै उच्च विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि बढेर ७ अर्ब ४५ करोड पुगेको छ। २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो ।

त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज पनि जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो । व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् । व्यापार समूह ०.४४ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *