सरकारले कार्कीलाई हटाएर केसीलाई बनायो नेपाल प्रहरीको महानिरीक्षक
काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोज केसीले दर्ज्यानी चिह्न लगाउनु भएको छ ।
गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । विगतमा प्रहरी प्रमुखलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहे पनि यसपटक गृहमन्त्री आफैँले लगाइदिनुभएको हो । सरकारले दानबहादुर कार्कीलाई हटाएर एआईजी केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
कार्कीलाई हटाएको सरकारले तेस्रो वरियताका केसीलाई आईजीपी बनाएको हो । दोस्रो वरियतामा एआईजी राजन अधिकारी हुनुहुन्थ्यो ।
केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँ कार्कीसँगै २०५४ साल चैतमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गर्नुभएको थियो । सरकारको निर्णयविरुद्ध कार्कीले अदालत जाने तयारी गर्नुभएको छ । उहाँले भोलि सर्वोच्च अदालतमा मुद्दा हाल्न सक्ने निकटवर्तीले जनाएका छन् ।

प्रतिक्रिया