Main News

सरकार स्वेच्छाचारी र हुकुमी शैलीमा अगाडि बढ्यो : गगन थापा

हिमालय टिभी
२०८३ कार्तिक १६ गते १८:१७
सरकार स्वेच्छाचारी र हुकुमी शैलीमा अगाडि बढ्यो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप लगाउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले देखाएको पछिल्लो व्यवहारले आफूहरूलाई चिन्तित बनाएको बताउनुभयो । मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विवाद भएपछि उन्मुक्ति दिने सरकारको शैली आपत्तिजनक रहेको उहाँको भनाइ छ।

उहाँले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताउनुभयो । यस्तै, विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै सभापति थापाले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बतार्नुभयो । यसमा जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्