भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

हिमालय टिभी
२०८३ जेठ २० गते १५:३४
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताउनु भयो।  लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको मोदीले उल्लेख गर्नुभयो । उहाँले मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गर्नुभयो । गएको सोमबार भारत भ्रमणमा गएका लामिछानेले मंगलबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसहितका नेतासँग भेटवार्ता गर्नु भएको थियो ।

भेटमा आपसी हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।  सभापति लामिछानेको  भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ । भ्रमणका क्रममा उहाँ अयोध्या जाने कार्यक्रम पनि छ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी श्रीमती निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *