Main News

बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले कति पाउँछन् तलब ?

जनप्रतिनिधिको तलबमानको लेखाजोखा

हिमालय टिभी
२०८३ जेठ १७ गते २०:५२
बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले कति पाउँछन् तलब ?

काठमाडौं :  आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट मार्फत सरकारले तलब भत्ता समेत बढाएको छ । कर्मचारीको मात्र होइन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मको तलब कम्तिमा १० प्रतिशतले बढेको छ । यसबाहेक उनीहरूले प्रोत्साहन भत्ता पाउने नपाउने अहिलेसम्म निश्चित गरिएको छैन । तर, १० प्रतिशतमात्रै हुँदा पनि उच्च पदस्थको तलब भने उच्च नै हुनेछ । हेरौँ अब उनीहरूले कति तलब पाउँछन् ?

२०८३/०८४ को बजेटमा चारवर्षपछि तलब वृद्धि गरिएको छ।

अब कर्मचारीले मात्र होइन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित संघ सरकारका मन्त्री, संघ र प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिसम्मको तलब बढ्ने छ ।

यो वृद्धि साउन १ गतेदखि लागू हुने छ । विभिन्न सेवा सुविधाबाहेक १० प्रतिशत तलब मात्रै बढ्दा अब कसको कति पुग्ने छ त ?

राष्ट्रपति

अहिलेको तलब : १ लाख ५० हजार ४५० रुपैयाँ

बढेको तलब : १५ हजार ४५ रुपैयाँ

कुल तलब : १ लाख ६५ हजार ४९५ रुपैयाँ

उपराष्ट्रपति

अहिलेको तलब : १ लाख ८ हजार ३० रुपैयाँ

बढेको तलब : १० हजार ८०३ रुपैयाँ

कुल तलब : १ लाख १८ हजार ८३३ रुपैयाँ

प्रधानमन्त्री

अहिलेको तलब : ९४ हजार २८० रुपैयाँ

बढेको तलब : ९ हजार ४२८ रुपैयाँ

कुल तलब : १ लाख ३ हजार ७०८ रुपैयाँ

मन्त्रीहरू

अहिलेको तलब : ७२ हजार ७३० रुपैयाँ

बढेको तलब : ७ हजार २८३ रुपैयाँ

कुल तलब : ८० हजार ३ रुपैयाँ

प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य

अहिलेको तलब : ६६ हजार ७० रुपैयाँ

बढेको तलब : ६ हजार ६०७ रुपैयाँ

कुल तलब : ७१ हजार ६६७ रुपैयाँ

यस्तै प्रदेशका मुख्यमन्त्री र मन्त्रीले पनि मासिक रुपमा तलब भत्ता बुझ्दै आएका छन् । मुख्यमन्त्रीले प्रदेश अनुसार फरकफरक नियमावली बनाएर न्यूनतम ६० देखि ७२ हजारसम्म तलब बुझ्छन् । मन्त्रीहरूले पनि न्यूनतम ५२ देखि ६० हजार रुपैयाँसम्म तलब बुझ्छन् ।

यसआधारमा अब प्रदेशका मुख्यमन्त्रीमध्ये ६० हजारवालाको ६६ हजार र ७२ हजारवालाको ७९ हजार २ सय रुपैयाँ तलब मात्रै पुग्ने छ ।

प्रदेशका सांसदले यसैगरी ४५ हजारदेखि ६० हजारसम्म तलब बुझ्छन् । उनीहरुको पनि अब १० प्रतिशतले बढेर आउनेछ ।

स्थानीय तहका वडाअध्यक्ष, प्रमुख र उपप्रमुखले समेत मासिक तलब भत्ता बुझ्छन् । उनीहरुले पनि १८ हजारदेखि ४२ हजारसम्म तलब बुझ्छन् ।

स्वर्णिम वाग्लेको बजेट भाषणपछि अब उनीहरूको पनि १० प्रतिशत तलब र अर्को १० प्रतिशत प्रोत्साहन भत्ता बढ्ने छ ।

 

तर कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको थप १० प्रतिशत प्रोत्साहन रकमसमेत दिने घोषणा भने राष्ट्रपति, प्रधानमन्त्री,मन्त्री र जनप्रतिनिधिमा लागू हुने वा नहुने भन्नेबारे प्रष्ट आइसकेको छैन । यो रकम पनि पाउने हो भने बढेको तलबमा थप ११ प्रतिशत रकम थपिएर खातामा आउने छ ।

 

शंकर पण्डित काठमाडौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *