आर्थिक

सुन तोलाको २० हजार ५ सयले बढ्यो

हिमालय टिभी
२०८३ जेठ १७ गते १४:५८
सुन तोलाको २० हजार ५ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा  सुनचाँदीकाे मूल्यमा भारी वृद्धि भएकाे छ ।

आज छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको छ । बजेटमार्फत सुनको भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई समायोजन गर्दा एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताउनु भएको छ ।

यससँगै सुन तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । बजेटले सुनमा २ प्रतिशत विलासी कर हटाएर पनि भन्सार दर दोब्बर भएको छ ।

साथै बजेटले उपभोक्तालाई शुन्य दशमलव ५० प्रतिशत सिप प्रवर्द्धन शुल्क लगाएको छ । सुनको मूल्यलाई अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको मूल्य तथा नेपालमा लाग्ने भन्सार लगायत अन्य करले प्रभाव पार्दछ ।

सुन मात्रै नभई चाँदीमा पनि भन्सार दर १० प्रतिशत विन्दुले बढाएर २० प्रतिशत पुर्‍याइएको छ । यसले चाँदी पनि उच्च दरले महँगिएको छ । आज चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ वृद्धि छ । चाँदी आज प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *