यी हुन् अनलाइनखबरले सार्वजनिक गरेका ५० प्रभावशाली महिला (सूचीसहित)

काठमाडौं : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित २०८१ सालका ५० प्रभावशाली नेपाली महिलालाई सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आज काठमाडौंमा आयोजित विशेष समारोहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०८१ सालका ५० प्रभावशाली नेपाली महिलाको नाम घोषणा गर्दै सम्मान गर्नुभएको हो । यो सूचीमा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरू समेटिएका छन्। प्रतिनिधिसभा सांसद विन्दवासिनी कंसाकार, प्रदेशसभा सांसद भाग्यश्री चौधरी, तथा सुशील वादीलाई सम्मान गरिएको छ।
स्थानीय तहबाट भरतपुर महानगरकी मेयर रेणु दाहालसहित ललितपुरको महाङकाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोले, बाँके कोहलपुर नगरपालिका–३ की वडा सदस्य रेखा सुनार र गोरखा नगरपालिकाको वडा नम्बर १३ की वडाध्यक्ष मित्रकुमारी परियारलाई पनि सम्मान प्रदान गरिएको छ। राजनीतिमा योगदान दिने महिला नेतृ विन्दा पाण्डे यस वर्षको प्रभावशाली महिला सूचिमा पर्नुभएको छ।
यसैगरी, निजामति सेवाबाट दुई जना, सेना तथा प्रहरीबाट एक जना, शिक्षाक्षेत्रबाट एक जनासहित चिकित्सक, समाजसेवी, अधिकारकर्मी, सञ्चारकर्मी, कला, साहित्य, खेलकुद, स्टार्टअप, कर्पोरेट, पर्यटन, विज्ञान तथा प्रविधि, बैँक तथा वित्तीय क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
त्यसबाहेक पहिचान अधिकार, वकालत, कला, साहित्य, संस्कृति खेलकुद विधाबाट पनि प्रभावशाली महिला चयन गरिएको छ । यस्तै, स्टार्टअप, कर्पोरेट, पर्यटन आईटी, बैँक तथा वित्तीय, उद्यम व्यवसाय, प्राज्ञिक अनुसन्धान, आविष्कार र विज्ञान प्रविधिका व्यक्तित्वलाई पनि सम्मान गरिएको छ । समाज र मुलुकका लागि उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वको छनोट पूर्वन्यायाधीश मीरा खड्काको संयोजकत्वमा गरिएको हो। निर्णय समितिमा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, तथा अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले सहभागी थिए।
अनलाइनखबरले २०८० सालदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको छ। समाजमा पुर्याएको योगदान र नयाँ पुस्ताका लागि प्रेरणादायी हुने महिलाहरूलाई यस सूचीमा समावेश गरिन्छ।
हेर्नु्होस सूची
प्रतिक्रिया