द भ्वाइस अफ नेपालको आठौं सिजन शुक्रबारदेखि सुरु हुँदै
काठमाडौं : चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन आगामी शुक्रबारदेखि प्रसारण सुरु हुने भएको छ ।
काठमाडौंमा आज कार्यक्रम गरेर ‘द भ्वाइस अफ नेपाल’ को प्रसारण मिति, नयाँ प्रायोजक र कोचको लाइनअप सार्वजनिक गरिएको हो । नयाँ सिजनमा इनर्जी ड्रिंक्स ‘रेडबुल’ टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएको छ । पावर बाई स्पोन्सरका रूपमा चौधरी ग्रुपको सोयम नुडल्स र राइड सेयरिङ प्लेटफर्म इनड्राइभ अनुबन्ध भएका छन् । को– स्पोन्सरका रूपमा कोलगेट टुथपेष्ट र पल्स चकलेट अनुवन्ध भएका छन् ।
एसोसिएट स्पोन्सरमा एशियन पेन्टस्, हिमस्टार, लेट मी इन, गोल्डस्टार, अथर इलेक्ट्रिक बाइक अनुवन्ध भएका छन् । यस्तै लेयर सट, मार्भल पाइप एण्ड फिटिङस, केटीएम ट्रीप डटकम, जेरोना डर्मा र भोटिङ पार्टनरमा खल्ती रहेका छन् । कार्यक्रमको मार्केटिङ अधिकार एस मिडिया एण्ड मार्केटिङले लिएको छ । कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले यो सिजनदेखि फाइनलिस्ट ट्यालेन्टको ओर्जिनल गीत र म्यूजिक भिडियो प्रोडक्सन सुरु हुने जानकारी दिनुभयो ।
रेडबुल उत्पादक सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले नेपाली संगीतलाई प्रर्बद्धन गर्ने उदेश्यले नयाँ ट्यालेन्ट र ओर्जिनल गीत उत्पादन गर्नेगरी द भ्वाइसजस्तो बिश्वस्तरीय प्लेटफर्मसँग साझेदारी गरिएको बताउनुभयो ।
कार्यक्रममा दुई जना नयाँ कोच एकदेव लिम्बू र नरेन लिम्बूलाई पनि सार्वजनिक गरिएको छ । युवापुस्तामाझ लोकप्रिय नयाँ कोचहरूमार्फत् यो सिजनमा नयाँ आवाज र नयाँ कथाहरू पस्किएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
सिजन ८ मा गायक प्रमोद खरेल र गायिका मिलन नेवार पनि कोचका रूपमा अनुबन्ध हुनुहुन्छ। हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युब च्यानलमा प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’ को यो सिजन ३२ एपिसोडको हुनेछ ।

प्रतिक्रिया