‘पिसाबले च्यापेर…’ देखि मन्त्रीको ओछ्यान प्रदर्शनसम्म, पढ्नुस् संसद् र मन्त्रालयभित्रका लाजमर्दा हर्कत
काठमाडौं : पछिल्लो समय नेपालको संघीय संसद् र विभिन्न संसदीय समितिहरूमा सांसदको भूमिका र आचरणलाई लिएर गम्भीर प्रश्नहरू उठिरहेका छन्। विशेष गरी, संसदीय समिति र संसद् भवनभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आशिका तामाङ, खगेन्द्र सुनार लगायतका जनप्रतिनिधिहरूले देखाएका गतिविधिहरूले संसदीय मर्यादा, अनुशासन र कार्यशैलीमाथि नै ठूलो बहस सिर्जना गरेका छन्। संसद्को सर्वोच्चता र गरिमालाई जोगाउने चुनौती समेत थपिएको छ ।
संसदीय समितिलाई ‘मिनी संसद्’ पनि भनिन्छ, जहाँ देशका लागि आवश्यक नीति-निर्माण र कार्यपालिकाका कामकारबाहीको सूक्ष्म अध्ययन तथा बहस हुन्छ। तर, पछिल्ला दिनहरूमा हाम्रा संसदीय समिति र संसद्को बैठक कक्ष नीतिगत बहसमा भन्दा पनि सांसदहरूकै अराजक शैली, व्यक्तिगत आक्रोश र स्टन्टबाजीका कारण विवादित बन्दै गएका छन्। विशेष गरी नयाँ र नयाँ राजनीतिक संस्कारको दाबी गर्ने दलका सांसदहरूकै असंसदीय व्यवहारले संसदीय मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ।
संसदको सर्वोच्च नेता सभामुख । सभामुखको निर्देशनलई नै धज्जी उडाउने सांसद शिका तामाङ । चौतर्फी आलोचना खेप्न नसकेपछि आशिकाको जवाफ आयो, मलाई पीसापले च्यापेर । अनि सोही साँझ उहाँको स्टाटस आयो अब गल्ती गर्दिन ।
अँह । उहाँले गल्ती गर्नुभएन । गर्नुभयो त अर्को लफडा । अर्थात् सुध्रिएको घोषणा गर्नुभएकी आशिकाको अर्को हर्कत । काठमाडौं उपत्यकाका मेयरसँग। हातहालाहालको अवस्था आएपछि उहाँ झोक्किँदै बाहिरिनुभयो।
जनताका मुद्दा उठाउने र सरकारलाई जवाफदेही बनाउने सर्वोच्च थलो हो—संघीय संसद्। तर, पछिल्लो समय यही संसद् र यसका विषयगत समितिहरू जनप्रतिनिधिहरूकै अमर्यादित आचरणका कारण रौस र विवादको केन्द्र बनिरहेका छन्। संसदीय मर्यादा र कानुनको परिधिभित्र रहेर तर्क प्रस्तुत गर्नुपर्ने सांसदहरू नै व्यक्तिगत लाञ्छना, आक्रोश र सस्तो लोकप्रियताका लागि स्टन्ट गर्नतिर उद्यत देखिएका छन्।
संसदीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको प्रस्तुतिले निकै ठूलो विवाद निम्त्यायो। राज्यका जिम्मेवार निकायका पदाधिकारीहरू उपस्थित बैठकमा तथ्य र प्रमाणमा आधारित प्रश्न गर्नुको साटो अपमानजनक र अभद्र शैलीमा प्रस्तुत भएपछि समितिको मर्यादामाथि नै प्रश्नचिह्न खडा भयो। अरूलाई नैतिकता सिकाउने सांसद आफैँ गैरसंसदीय व्यवहारमा उत्रिएपछि स्वयं समितिभित्रै उहाँको चर्को आलोचना भइरहेको छ।
सांसदहरूको यस्ता अमर्यादित शैली र सस्तो प्रचारमुखी हर्कतले पार्टीकै साख गिराउन थालेपछि रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको बैठकमै कडा चेतावनी दिनुभयो।
गत ३ गते बसेको बैठकमा सभापति लामिछानेले संसद् र समितिमा प्रस्तुत हुँदा मर्यादा कायम राख्न र रमिता नदेखाउन निर्देशन दिनुभएको थियो। तर, पार्टी नेतृत्वको यो ताकेतापछि पनि सांसदहरूको व्यवहारमा अपेक्षित सुधार देखिन सकेको छैन।
जनप्रतिनिधिहरू नीति निर्माण र जनताका आधारभूत समस्या समाधानमा गम्भीर हुनुको साटो सामाजिक सञ्जालका भाइरल क्लिप र व्यक्तिगत आवेगमा केन्द्रित हुँदा समग्र संसदीय व्यवस्थाप्रति नै जनतामा वितृष्णा जाग्ने खतरा बढेको छ।
एउटा अर्को प्रसंग प्रसंग झण्डै छुटेको । त्यो हो महावीर पुन संसदमा निदाएको ।
उहाँको निदाएको भिडियो एक्कैछिनमा भाइरल बन्यो । नेपाल सरकारका मन्त्री राष्ट्रियसभा बैठकमा धुरिरहेको । अर्थात् मस्त निन्द्रामा । अनि त्यो दृश्यको जवाफ त तपाईंलाई पढ्दा लाज लाग्न सक्न ।
उहाँले जुन जवाफ दिनुभएको छ यो झनै भाइरल कन्टेन्ट । अर्थात् एक वर्ष पत्रकारसँग नबोल्ने कसम खानुभएका मन्त्री महावीर पुनलाई बोल्ने निहुँ चाहिएको छ । र उहाँ ओछ्यान प्रदर्शनमा हुनुहुन्छ । भलै यो संसदीय मर्यादासँग असम्बन्धित विषय हो । तर उहँको यो शैली सदाबहार छ ।
मन्त्री र सांसदहरूको यस्तो शैलीले व्यक्तिको छवि क्षणिक रूपमा चर्चामा ल्याए पनि संसद्को आधारशिला र लोकतान्त्रिक संस्कारलाई भने दीर्घकालीन क्षति पुर्याइरहेको छ।
जनताले संसद् र संसदीय समितिहरूबाट परिपक्व बहस, सुशासन र ठोस परिणामको अपेक्षा गरेका छन्। विचारको भिन्नता र विरोध जनाउने लोकतान्त्रिक अधिकार भए पनि त्यसको आफ्नै सीमा र मर्यादा हुन्छ। यदि सांसदहरूले समयमै आफ्नो कार्यशैली सुधारेर संसदीय अनुशासन पालन नगर्ने हो भने, यसले जनप्रतिनिधिप्रतिको जनविश्वास मात्र गुम्ने छैन, समग्र संसदीय प्रणालीकै साखमाथि गम्भीर धक्का लाग्ने निश्चित छ।

प्रतिक्रिया