विदेश
तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
२०७९ कार्तिक २१ गते ९:०७

२१ कात्तिक २०७९ तान्जानिया । तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । जसमा १९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बीबीसीले जनाएको छ । ४३ जना सवार विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो ।
विमान दुर्घटनाको कारण भने खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम हुन सक्ने भनिएको छ । विमान दुर्घटनामा परेपछि स्थानीयवासी र माझीहरूले डुङ्गाको सहायतामा यात्रुहरूलाई उद्धार गरेका थिए ।
राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी बाँकी नराख्न निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया