विदेश
ताइवान मामिलामा अमेरिकालाई चीनले दियो यस्तो चेतावनी
२०७९ भदौ ४ गते ९:४४

४ भदौ २०७९ काठमाडौं । चीनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने सङ्कल्पलाई गलत अनुमान नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकासँग चीन रुष्ट बनेको छ । ‘ताइवान स्वतन्त्रता’ को नाममा ताइवानी पृथकतावादी गतिविधिलाई समर्थन गर्न पेलोसी त्यहाँ पुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभयो ।
संयुक्त राज्य अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको छ र चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाएको चीनको आरोप छ ।
प्रवक्ता वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ सङ्कल्पलाई गलत तरिकाले नबुझ्न अमेरिकी पक्षलाई आग्रह गर्नुभएको हो ।
प्रतिक्रिया