पोखरालाई ६ विकेटले हराएको सुदूरपश्चिमको पहिलो जित
काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले ६ विकेटको जित निकाल्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५१ रनको अविजत इनिङ खेले । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ब्रान्डन म्याकमुलेनले २२ रन बनाउँदा इशान पाण्डेले ३७ रन बनाएका थिए। त्यस्तै साइब जाइबले १५ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । पोखराका लागि महेदी हसनले ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले २१ रन बनाए । त्यस्तै सकिब अल हसनले १४ रन बनाउँदा उसका लागि सर्वाधिक राम्रो प्रदर्शन भने अर्जुन घर्ती मगरको नाममा रह्यो ।
उनले २५ बलमा ४० रनको विष्फोटक इनिङ खेल्दा टोलीले मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भयो । सुदूरपश्चिमका लागि अनिल खरेलले ३ विकेट लिंदा हेमन्त धामी, स्कट कुग्लीङ र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तरगत विहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज आमनेसमाने हुँदा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुनेछ ।

प्रतिक्रिया