Main News

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर फर्किए रवि लामिछाने

हिमालय टिभी
२०८३ जेठ २२ गते १९:४५
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर फर्किए रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भारतसँग राष्ट्रहित र अर्थ राजनीतिबारे महत्वपूर्ण छलफल भएको बताउनुभएको छ ।

५ दिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो भ्रमण सबै नेपालीले गर्व गर्न लायक बनेको बताउनुभयो । सञ्चारकर्मीको प्रश्नमा लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषयहरू महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा पनि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

विमानस्थलमा लामिछानेलाई सीमा विवादबारे प्रश्न गरिएको थियो । उहाँले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि बढ्ने बताउनुभयो । लामिछानेले दुई देशबीचको सम्बन्धबारे कुरा गर्न लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको उहाँको भनाइ छ ।

लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन  र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *