खेलकूद

एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट

हिमालय टिभी
२०८३ भदौ २७ गते १६:०४
एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट

काठमाडौं : एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो । यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ । एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुने व्यवस्था छ । नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४९.२ ओभरमा सबै विकेट गुमाएर २६८ रनमा समेटियो । यूएईका लागि राहुल चोपडाले शतक बनाए । उनले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा शतक बनाएका हुन् । त्यस्तै, शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले तीन, ललित राजवंशीले दुई, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए ।

यसअघि नेपालले आसिफ शेखको शतकका नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि आशिफले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतले १०४ रन बनाएका थिए ।

त्यस्तै, गुल्सन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अह्मदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात, करण केसी र ललित राजवंशीले एक–एक रन बनाए । यूएईका लागि इब्रार अह्मदले चार, खुजैम तनवीरले दुई, हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्