समाज
चिनियाँ टेलिभिजन च्यानल काङ्काको नेपालमा प्रशारण सुरु
२०८३ भदौ १० गते १८:१५
काठमाडौं : चिनियाँ टेलिभिजन च्यानल काङ्का टिभीले नेट टिभीमार्फत औपचारिक रूपमा नेपालमा प्रसारण थालेको छ ।
काङ्बा टिभीले नेपालको मुख्यधारको सञ्चार माध्यम नेट टिभीबाट औपचारिपमा प्रसारण सुरु गरेको हो । यसअघि हिमालय टेलिभिजनको सिमित समयमा नेपालमा प्रसारण भइरहेको काङ्बा टिभी नेपाली प्रसारण क्षेत्रमा भएको यो प्रवेशसँगै दुई देशबीचको जनस्तरको सूचना आदानप्रदान थप सहज बनाउने अपेक्षा गरिएको छ ।
यो टेलिभिजनबाट लामो समयदेखि पश्चिमी चीनको अनौठो प्राकृतिक सौन्दर्य, जातिय संस्कृति र सामाजिक विकास प्रदर्शन गर्दै आएको छ । साथै, यसले प्रमाणिक र प्रभावकारी सामग्रीमार्फत हिमाली क्षेत्रका कथा सुनाउँदै आइरहेको छ ।

प्रतिक्रिया