ग्लोबल कलेज इन्टरनेसनल (GCI) मा ‘ग्लोबल ग्याम्बिट, द पिचर्स एरिना २०२६’
काठमाडौं : काठमाडौँमा ‘ग्लोबल ग्याम्बिट: द पिचर्स एरिना २०२६’ कार्यक्रम सम्पन्न भएको छ।
जिसीआई इन्टरप्रनरशिप क्लब, ग्लोबल कलेज इन्टरनेसनल (GCI) को आयोजनामा, ग्लोबल कलेज अफ टेक्नोलोजी (GCT) को सहकार्य तथा The Doers | Become a Doer लगायत विभिन्न साझेदार संस्थाको सहभागितामा साउन १५ देखि १७ गतेसम्म आयोजित उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
युवामा उद्यमशील सोच, नवप्रवर्तन, नेतृत्व क्षमता तथा शिक्षा-उद्योग सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा Academia-Industry Connect, Global Business Mela, Business Idea Pitching, Elevator Pitch तथा TradeX 100 लगायतका विविध कार्यक्रम सञ्चालन गरिएका थिए।
कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ वटा कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित ‘Academia–Industry Connect: Where Ideas Meet Opportunities’ विषयक प्यानल छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) की पहिलो महिला अध्यक्ष भवानी राणा प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।
उनले उद्योग, नेतृत्व, उद्यमशीलता तथा युवाको भूमिकाबारे आफ्ना अनुभव साझा गर्दै शिक्षा र उद्योगबीचको सहकार्य समयको आवश्यकता भएको बताइन।
प्यानल छलफलको सहजीकरण युवा अभियन्ता नवीन गिरीले गरेका थिए। छलफलमा सन्तोस पाण्डे (Country Manager, Yango Nepal), सीए अनुपमा सङ्ग्रौला (Founder, Bright Academy) तथा प्रकिरण श्रेष्ठ (First Vice President, NYEF Lalitpur) ले उद्योग र शिक्षाबीचको सहकार्य, नवप्रवर्तन, नेतृत्व विकास तथा विद्यार्थीलाई अवसरसँग जोड्ने विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गरेका थिए।
त्यस्तै, ग्लोबल बिजनेश मेलामा विद्यार्थी तथा युवा उद्यमीहरूले आफ्ना उत्पादन, सेवा र व्यवसायिक अवधारणाको प्रदर्शन गर्दै प्रत्यक्ष बजार परीक्षण गर्ने अवसर प्राप्त गरेका थिए। मेलाले विद्यार्थीलाई आफ्ना व्यवसायिक अवधारणाको परीक्षण, ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया तथा बजारको अनुभव हासिल गर्ने प्रभावकारी प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ।
कार्यक्रम अन्तर्गत आयोजित Business Idea Pitching Competition मा १३ वटा कलेजका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा Texas International College प्रथम, Kasthamandap A-level Academy द्वितीय तथा Global College of Management तृतीय हुन सफल भए।
त्यसैगरी, नेपालमै पहिलो पटक लिफ्टभित्र आयोजना गरिएको ‘Elevator Pitch’ प्रतियोगिताले विशेष आकर्षण सिर्जना गरेको थियो।
सीमित समयभित्र आफ्नो व्यवसायिक अवधारणा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उक्त प्रतिस्पर्धामा Kasthamandap A-level Academy का निशान्त ढकाल प्रथम घोषित भए। उद्यमशीलताको व्यावहारिक अनुभव दिलाउने उद्देश्यले सञ्चालन गरिएको TradeX 100 कार्यक्रममा प्रत्येक टोलीलाई रु. १०० उपलब्ध गराई दुई घण्टाभित्र त्यसलाई प्रयोग गर्दै अधिकतम प्रतिफल सिर्जना गर्ने चुनौती दिइएको थियो।
वास्तविक बजार, जोखिम व्यवस्थापन तथा व्यवसायिक निर्णय क्षमतामा आधारित उक्त प्रतिस्पर्धामा Global College International A-Level टोली विजेता बन्न सफल भयो। कार्यक्रममा निर्णायकको भुमिका अनुप घिमिरे, साविया शाह र सदेश गैरेले गरेका थिए।
कार्यक्रम इन्चार्ज नविन गिरीका अनुसार ‘Global Gambit: The Pitchers Arena 2026’ ले विद्यार्थीमा सिर्जनशील सोच, समस्या समाधान क्षमता, नेतृत्व विकास, नवप्रवर्तन तथा उद्योगसँग प्रत्यक्ष सहकार्य गर्ने संस्कृतिलाई थप मजबुत बनाएको छ। उनले शिक्षालाई व्यवहारसँग जोड्दै भावी उद्यमी, नवप्रवर्तक र नेतृत्वकर्ताको विकासमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
तीन दिनसम्म सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थी, शिक्षण संस्था र उद्योग क्षेत्रबीच सहकार्यको नयाँ आयाम स्थापित गर्दै नेपालमा विद्यार्थी केन्द्रित उद्यमशीलता प्रवर्द्धनका लागि प्रभावकारी मञ्चका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको उनको भनाइ छ।

प्रतिक्रिया