विश्व बालश्रमविरुद्धको दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइयो
काठमाडौं : आज विश्व बालश्रम विरुद्धको दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
बालश्रमलाई रातो कार्ड, बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कका लागि सम्मानजनक रोजगारी भन्ने नाराका साथ काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा ग्लोबल कम्प्याक्ट नेपाल र गुडविभ सर्टिफिकेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको सो कार्यक्रममा बालश्रम अन्त्य, बालअधिकार संरक्षण र जिम्मेवार व्यावसायिक अभ्यासका विषयमा छलफल भएको थियो । बालबालिकाको उज्ज्वल भविष्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने आइएलओ नेपालका कार्यक्रम संयोजक नारायण भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले नृत्य, गीत र आफ्नो सिर्जनात्मक कलामार्फत आफ्ना सपना र आकांक्षाहरू प्रस्तुत गरेका थिए । यसै अवसरमा, नेपालको कार्पेट उद्योगलगायत विभिन्न क्षेत्रमा बालश्रम मुक्त र नैतिक व्यावसायिक अभ्यासलाई प्रवद्र्धन गर्दै आएका उद्योगी तथा सरोकारवालाहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया