समाज

काठमाडौ छिर्ने मुख्य नाका थानकोटको विकल्पमा सडक तयार हुँदै (फोटोफिचरसहित)

२०७७ जेठ २३ गते १७:५७
काठमाडौ छिर्ने मुख्य नाका थानकोटको विकल्पमा सडक तयार हुँदै (फोटोफिचरसहित)

२३ जेठ, २०७७, काठमाडौं । सितापाइला धार्के बैकल्पिक सडकखण्ड अन्तर्गत पहिलो चरणको कालोपत्रे गर्ने काम सुरु भएको छ ।

काठमाडौं धादिङ् जोड्ने बैकल्पिक राजमार्गको निर्माण कार्य सुरु भएको हो । करिब १.८ मिटरको कालोपत्रे सितापाइला चोकदेखि नागार्जुन नगरपालिका गेटअघिसम्म हुने निर्माण कार्यको जिम्मा लिएको आशिष जेभी जयबाबा क्रन्ट्रक्सन प्रालिले जनाएको छ ।

यसबाहेक बाँकी रहेका सडकखण्डको कार्य पनि अघि बढ्ने कम्पनीले जनाएको छ । निर्माण कम्पनीले करिब २४ करोडको लागतमा ४ किलोमिटर सडक कालोपत्रे गर्नेछ ।

आर्थिक वर्ष २०७३—७४ बाट सुरु भई ७५—७६ सम्म काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले अघि बढ्न नसकेको सडक निर्माणको काम अहिले सुरु भएको हो ।

हाल उक्त सडक खण्ड ११ मिटर कायम भई पीच हुने क्रममा छ भने संघीय सरकारको बजेटमा सडक डिभिजन कार्यालय काठमाडौंले यसको समन्वय गरिरहेको छ ।

बाँकी रहेका सडक खण्ड निर्माण कार्यका लागि सम्झौता भइसकेको र केही दिनमै काठमाडौं जिल्लामा अन्तर्गत पर्ने 8.५ किलोमिटर सडकको पनि निर्माण कार्य सुरु हुने नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

आगामी वर्षभित्र २१ किलोमिटर सडक सम्पन्न गर्न भन्दै संघीय सरकारसँग पहल गरिरहेको बागमती प्रदेशका सांसद केशव पोखरेलले बताउनुभयो । यो सडकखण्ड काठमाडौंमा ८‍.५ किलोमिटर र धादिङमा १२.५ किलोमिटर पर्छ ।

यो सडक निर्माण भएसँगै काठमाडौंदेखि धार्केसम्मको सडक करिब ५ किलोमिटर छोटिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *