Main News
कृष्णभीरको सडक १५ दिनपछि आंशिक सञ्चालनमा
२०८३ भदौ २८ गते १७:५५
काडमाडौं : भदौ १४ गते आएको बाढीले सडक कटान गरेपछि बन्द रहेको पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड १५ दिनपछि आंशिक रुपमा सञ्चालनमा आएको छ। सडक विभागले नयाँ ट्रयाक बनाएर सडक सञ्चालनमा ल्याएको हो।
आइतबारदेखि एकतर्फी रुपमा सडक सञ्चालन गरी सुरुमा ग्यास बुलेट र ठुला गाडी पास गराइएको छ। आकस्मिक अवस्थाका लागि सडक प्रयोग गरिएपनि पूर्णरुपमा सञ्चालनमा आउन भने केही दिन लाग्ने सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो।
उहाँका अनुसार सडकको नाला बनाउने लगायत काम बाँकी छ। बिहीबारदेखि पूर्णरुपमा सडक सञ्चालनमा ल्याउने विभागको तयारी छ। त्यसअघि सार्वजनिक यातायात सो सडकमा चल्न पाउने छैनन्।

प्रतिक्रिया