विदेश
न्युजिल्याण्डको अकल्याण्डमा गोली चल्दा तीन जनाको मृत्यु
२०८० साउन ४ गते ८:३५

४ साउन २०८० न्युजिल्याण्ड । न्युजिल्याण्डको अकल्याण्डमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
केन्द्रीय व्यापार जिल्लाको एक निर्माणस्थलमा भएको घटनामा दुई जना सर्वसाधारणसहित एक जना आक्रमणकारीको मृत्यु भएको हो । घाइते हुनेमा केही प्रहरी अधिकारीसहित ६ छन् ।
प्रधानमन्त्री क्रिस हिपकिन्सले आक्रमणलाई आतंकवादी कार्यका रूपमा नहेरिएको बताएका छन् । न्युजिल्याण्ड फिफा महिला विश्वकप शुरु हुनुभन्दा केही घण्टाअघि घटना भएको हो ।
प्रतिक्रिया