विदेश
टाइफुन आँधीको जोखिममा रहेका २० लाख नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह
२०७९ असोज २ गते ९:२७

२ असोज २०७९ टोकियो । जापान सरकारले झन्डै २० लाख नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
टाइफुन नान्माडोल नामक शक्तिशाली आँधीका कारण चेतावनी जारी गर्दै जापान सरकारले सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।
स्थानीय अधिकारीहरूले उच्च सतर्कता सङ्केत जारी गर्दै दक्षिणी क्युशु क्षेत्रको कागोशिमा, कुमामोटो र मियाजाकीमा अबको केही समय शक्तिशाली आँधी टाइफुन नान्माडोल नामक आँधीको जोखिम रहेकाले बस्ती खाली गर्न दिर्नेशन दिएको हो ।
जापानको मौसम विज्ञान विभागले पनि सूचना जारी गर्दै कागोशिमा क्षेत्रमा ठूलो आँधी आउने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसअघि, सन् २०१३ मा जापानकै ओकिनावा क्षेत्रमा टाइफुन आँधी आएको थियो । जसका कारण लाखौं मानिस प्रभावित भएका थिए ।
प्रतिक्रिया