भारतले प्रक्षेपण गरेको चन्द्रयान–२ सम्पर्कविहीन

नयाँ दिल्ली । भारतले प्रक्षेपण गरेको चन्द्रयान–२ चन्द्रमाको सतह नजिकै पुगेर सम्पर्कविहीन भएको छ ।
भारतको अन्तरिक्ष अनुसन्धान संस्था (ईसरो)ले योजना अनुसार अन्तरिक्ष यानले काम गरेको तर अन्तिम समयमा सम्पर्क टुटेको बताएको छ ।
चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समयअनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो । तर चन्द्रयान–२ को सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को नियन्त्रण कक्षसँग अवतरणको केही समय पूर्व टुटेको हो ।
इसरोका अध्यक्ष के सिवनले योजना अनुसार नै चन्द्र सतहबाट २।१ किलोमिटरको दूरीसम्म सबै सामान्य रहेको तर अवतरणका क्रममा सम्पर्क विच्छेद भएको बताएका छन् । बैज्ञानिकहरु डेटाको समीक्षा गरिरहेका छन्र ।
बैकल्पिक प्रणालिबाट सम्पर्क प्रयास गरिने छ । भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए । तर यान असफल भएपछि प्रधानमन्त्री मोदी निराश भएर फर्किएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई नआत्तीन सान्तोना दिंदै थप उपलब्धिबारे जानकारी गराउन आग्रह गरेका छन् । ल्याण्डरमा रहेको प्रज्ञान नामक रोबर अवतरणपछि बाहिर निकाल्ने योजना थियो । चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारी गरिएको थियो ।
प्रतिक्रिया