सामाजिक परिचालकले सिफारिस दिन अस्वीकार गरेपछि…

१० असोज २०८० दैलेख । दैलेखको नारायण नगरपालिका–११ ले सिपमूलक तालिमका लागि असहयोग गरेको आरोप गराएका छन् ।
सिलाईकटाई सम्बन्धि तालिमका लागि वडाको सिफारिस माग्न पुगेका एघार जना महिलालाई सामाजिक परिचालकले धम्कीको भाषा प्रयोग गरेको उनीहरुको आरोप छ ।
सबै काजग र प्रक्रिया पुर्याइ निवेदन पेश गर्दा पनि सामाजिक परिचालक खगेन्द्र विष्टले विना कुनै कारण सिफारिस दिन अस्वीकार गर्दा आफूहरु अवसरबाट बञ्चित भएको महिलाको गुनासो छ ।
यसअघि पनि सामाजिक परिचालक विष्टले विभिन्न बाहना बनाएर नागरिकको काममा ढिलासुस्ती, आलटाल गर्ने गरेको आरोप स्थानीयको छ ।
‘सिलाईकटाई तालिमका लागि सबै कागज बोकेर सिफारिसका लागि वडा कार्यालय गएका थियौं, उहाँले काम गर्दिन भनेर ठाडो जवाफ दिनुभयो,’ एक महिलाले भनिन्,‘म गर्दिन यदि कसैले गरेछ भने हेरौंला ।’ भन्नुभयो
उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय दैलेखले महिला सीप विकास कार्यक्रम अन्तर्गत ३ महिने सिलाइ कटाई कार्यक्रमका लागि इच्छुकको नाम मागेको थियो । तर, सामाजिक परिचालक विष्टले वडाध्यक्ष दीर्घ मल्लको आग्रह समेत अस्वीकार गरेको बताइएको छ ।
नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीचको द्वन्द्वको मारमा सेवाग्राही परेका छन् । वडाध्यक्ष मल्लले भन्नुभयो ‘कर्मचारीहरु हाम्रो मातहतमा छैनन्, हामीले भनेको कुरा सुन्दैनन् ।
प्रतिक्रिया