खेलकूद

फिफा विश्वकपमा नयाँ नियम, मुख छोपेर बहस गर्न नपाइने, मैदान छाडे सिधै रातो कार्ड

हिमालय टिभी
२०८३ जेठ २० गते २०:०७
फिफा विश्वकपमा नयाँ नियम, मुख छोपेर बहस गर्न नपाइने, मैदान छाडे सिधै रातो कार्ड

काठमाडौं : फुटबलको महासङ्‍ग्राम फिफा विश्वकप नजिकिँदै गर्दा विश्वभरका दर्शकमा उत्सुकता र चासो बढिरहेको छ । फेरी यो विश्वकपमा भएका परिवर्तनले पनि धेरैलाई यस प्रति चासो बढाइरहेको छ । सहभागी संख्या र खेलमात्र बढेको छैन, यो संस्करण फुटबल इतिहासकै ठूलो बन्दैछ। यसअघिका विश्वकपमा कहिल्यै नदेखिएका केके नयाँ कुरा देखिने छन् त यो पटक ?

द इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड र फिफाले खेललाई पारदर्शी बनाउने नयाँ नियम ल्याएको छ। यसले खेलमा हुने ढिलासुस्ती हटाउन र मैदानभित्र अनुशासन कायम राख्ने विश्वास गरिएको छ ।

५ सेकेन्डको काउन्टडाउन

थ्रो इन र गोल किकका लागि रेफ्रीले ५ सेकेन्डको दृश्य काउन्टडाउन दिनेछन्। समयभित्र थ्रो इन नगरे विपक्षीले थ्रो इन पाउनेछ भने गोलकिक ढिलो गरे विपक्षी टोलीलाई सिधै कर्नर किक दिइनेछ।)

१० सेकेन्डको सब्स्टिच्युसन

मैदानबाट बाहिरिने खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ । ढिलो गरेमा, भित्र छिर्ने खेलाडीले १ मिनेटसम्म कुर्नुपर्नेछ, जसले गर्दा टोलीले १ मिनेटसम्म १० जना खेलाडीमा खेल्नुपर्नेछ । )

ट्याक्टिकल टाइम आउटमा प्रतिबन्ध

खेलको दौरान गोलकिपर घाइते भएर उपचार भइरहेका बेला विगतमा जस्तो अन्य खेलाडी मैदानको छेउमा गएर प्रशिक्षकसँग रणनीति बुझ्न पाउने छैनन् । )

मुख छोपेर बहस गर्न नपाइने

मैदानमा तनावपूर्ण स्थिति हुँदा वा रेफ्रीसँग विवाद गर्दा कुनै खेलाडीले आफ्नो हात, पाखुरा वा जर्सीले मुख छोपेर कुरा गरेमा सिधै रातो कार्ड दिइनेछ। यसले रेफ्रीलाई दुर्व्यवहार गर्ने वा रंगभेदी गाली गर्ने प्रवृत्तिको अन्त्य हुनेछ । )

मैदान छाडे सिधै रातो कार्ड

रेफ्रीको निर्णयको विरोध गर्दै आक्रोशमा मैदान बाहिरिने खेलाडी वा त्यसो गर्न उक्साउने अफिसियललाई सिधै रातो कार्ड दिइनेछ ।

कप्तान मात्र बोल्न पाउने

रेफ्रीसँग केवल टोलीको कप्तानले मात्र कप्तानी दायरामा रहेर कुरा गर्न पाउनेछ। अन्य खेलाडी झुम्मिएर विरोध गर्न आएमा पहेलो कार्ड दिइनेछ । )

कर्नर र दोस्रो पहेँलो कार्डमा भीएआर

भिडियो असिस्टेन्ट रेफ्रीले अब दोस्रो पहेलो कार्डको निर्णय र कर्नर किक दिँदा भएका गल्तीमा पनि हस्तक्षेप गरेर रेफ्रीको निर्णय सच्याउन सक्नेछ । साथै, कर्नर वा फ्रिकिक प्रहार गर्नुभन्दा ठीक अगाडि डिफेन्डरलाई अवैध ब्लक गरेमा पनि हेर्न पाउने नयाँ नियम थपिएको छ । )

तीन मिनेटको हाइड्रेसन ब्रेक

फिफाको नयाँ नियमअनुसार अब प्रत्येक मध्यान्तरमा अनिवार्य रूपमा तीन मिनेटको हाइड्रेसन ब्रेक लागू हुनेछ । अत्यधिक गर्मी मौसममा मात्र नभएर अब यो सबै सिजनमा हुनेछ । फिफाले खेलाडीको सुझावका आधारमा यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *