विदेश

मोडेर्नाको खोपले कोरोनाको नयाँ प्रकारको भाइरसविरुद्ध पनि काम गर्ने

हिमालय टिभी
२०७७ माघ १३ गते ९:०५
मोडेर्नाको खोपले कोरोनाको नयाँ प्रकारको भाइरसविरुद्ध पनि काम गर्ने

१३ माघ २०७७ काठमाडौं । मोडेर्नाको खोपले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध पनि काम गर्ने भएको छ ।

आफ्नो खोपले पछिल्लो समय देखा परेको नयाँ र बढी संक्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको अमेरिकी औषधि उत्पादक कम्पनी मोडेर्नाले बताएको हो ।

प्रयोगशालामा भएका प्रारम्भिक परीक्षणले खोपले भाइरसको नयाँ प्रकार पत्ता लगाएर एन्टिबडीको विकास गर्ने मोडेर्नाका वैज्ञानिकले जनाएका छन् । तर यसका लागि खोप लगाएका व्यक्तिहरूको थप अध्ययन भइरहेको बताइएको छ ।

भाइरसको नयाँ प्रकार बेलायत र दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएका थिए । भाइरस पहिलेको भन्दा बढी घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ ।

तीव्र गतिमा फैलन सक्ने नयाँ भाइरसको संक्रमण अहिले अधिकांश पुगिसकेको छ । नयाँ प्रकारको भाइरसमा ७० प्रतिशतसम्म थप संक्रामक पाइएको विज्ञले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *