विदेश

१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै

हिमालय टिभी
२०७७ माघ ११ गते ८:४६
१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै

११ माघ २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । आज २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा उनी मुख्यमन्त्री बन्न लागेको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलगअलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् ।

सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे जानकारी गराउने छन् भने त्यसमा सृष्टिले सुझाव दिनेछिन् ।उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतसमेत उक्त कार्यक्रममा सहभागी हुनेछन् ।

उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा उक्त कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म हुनेछ ।

आयोगकी अध्यक्ष नेगीले एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु रहेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *