विदेश

गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर

हिमालय टिभी
२०७७ माघ ४ गते १२:४३
गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर

४ माघ २०७७ राजस्थान । भारतको राजस्थानमा गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको भने ७ जना गम्भीर घाइते भएका छन् ।

राजस्थानको जालोरको महेशपुरा गाउँमा बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छोएपछि आगलागी भएको थियो । आगलागीमा घाइते भएका ६ जनालाई अस्पतालले मृत घोषित गरेको छ ।

त्यस्तै १३ जनाको अवस्था सामान्य र ७ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मान्डलीदेखि ब्यावर जान लागेको बसका चालकले बाटो बिर्सिएपछि बस महेशपुरा गाउँ पुगेको थियो ।

त्यहाँ बसले बिजुलीको हाइटेन्सन लाइन छोएको थियो । मृतक र घाइते सबै जैन धर्मावलम्बी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *