विदेश

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित

हिमालय टिभी
२०७७ माघ १ गते ९:१६
राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित

१ माघ २०७७ न्युयोर्क । अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ ।

योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बन्नुभएको छ । उहाँविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।

गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उहाँविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको हो । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ ।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सदस्य छन् । तर, ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो ।

यसअघि, तल्लो सदनले सन् २०१९ मा पनि ट्रम्पविरुद्धको महाभियोग पारित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *