विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

हिमालय टिभी
२०७७ पुष २८ गते ७:३२
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

२८ पुस २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरिएको छ ।

राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिकरूपमा महाअभियोग प्रस्ताव प्रस्तुत गरिएको हो ।

डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेश प्रस्तावमा ट्रम्पमाथि गत साता संसद भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ ।

यसअघि हिजै ट्रम्पलाई संविधानको २५औं संशधोनमार्फत ह्वाइट हाउसबाट हटाउन उपराष्ट्रपति पेन्सलाई आह्वान गर्ने प्रस्ताव तल्लो सदनमा भएको थियो। तर वेष्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि बैठक १० मिनेटमै स्थगित भएको थियो।

त्यसपछि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको हो । उक्त प्रस्तावमाथि तल्लो सदनमा यही साता मतदान हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत बुधबार डेमोक्रेटिक पार्टीका नेता तथा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थक हतियारसहित संसद भवन प्रवेश गरेका थिए । त्यसपछि भएको झडपमा परी एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले यही जनवरी २० तारिखमा शपथ ग्रहण गर्दैछन् । यससँगै अमेरिकी इतिहासमा एकै कार्यकालमा दुईपटक महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *