विदेश

इण्डोनेसियामा बेपत्ता विमान समुद्रमा खसेको आशंका

हिमालय टिभी
२०७७ पुष २६ गते ७:३०
इण्डोनेसियामा बेपत्ता विमान समुद्रमा खसेको आशंका

२६ पुस २०७७ इण्डोनेसिया । इण्डोनेसियामा बेपत्ता यात्रुबाहक विमान समुद्रमा दुर्घटना भएको बताइएको छ ।

इण्डोनेसियाको राजधानी जाकार्ताबाट ६२ यात्रुसहित उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको थियो । दुर्घटनामा परेको विमान समुद्रको १० हजार फिट मुनि पुगेको अधिकारीहरुले बताएका छन् ।

त्यस्तै प्रत्यक्षदर्शीले विमान समुद्रमा खसेको देखेको बताएका छन् । विमान समुन्द्रमा खस्दा ठूलो विष्फोट भएको र त्यसले ठूलो छाल ल्याएको केही माझीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीहरुले जहाज एकदमै तीव्र गतिमा समुद्रमा खसेको बताए । विमान जकार्ताको उत्तर पश्चिम दिशामा पर्ने लाकी र लानकेङ टापुको बीचमा खसेको हुनसक्ने बताइएको छ ।

घटनास्थलको शंका गरिएको क्षेत्र नजिकैको टापुमा बस्ने मानिसले समेत विमानका केही टुक्राहरु फेला पारेको बताएका छन् । यद्यपि भग्नावशेष सोही विमानकै रहेको वा नरहेको बारे अनुसन्धान भइरहेको छ ।

उता नेसनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अधिकारीले समेत विमान दुर्घटनाग्रस्त भएको क्षेत्र पत्ता लगाउने कोशिश गरिरहेको र समुद्रमा विमानका केही भग्नावशेष भेटेको बताए ।

इण्डोनेसियाको यातायात मन्त्रालयले भने खोजी र उद्धारमा कठिन भएको बताएको छ । विमान दुर्घटना भएको मानिएको क्षेत्रमा १० भन्दा बढी पानी जहाज पठाइएको छ । बेपत्ता श्रीविजया एयरको बोइङ सेभेन थ्री सेभेन विमान ९० मिनेटको घरेलु उडानका लागि जाकार्तादेखि पोन्टिएनक जाने क्रममा थियो ।

२६ वर्ष पुरानो विमान उडेको ४ मिनेटमै राडारबाट हराएको थियो । दुर्घटनाग्रस्ता विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ जना सदस्य रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *