विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर ह्याण्डलमाथि स्थायी रुपमा प्रतिबन्ध

हिमालय टिभी
२०७७ पुष २५ गते ७:३६
अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर ह्याण्डलमाथि स्थायी रुपमा प्रतिबन्ध

२५ पुस २०७७ वाशिङ्गटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल ट्विटर स्थायी रूपमा बन्द भएको छ ।

हिंसा बढाउने खतरा रहेका कारण राष्ट्रपति ट्रम्पको ट्विटर बन्द गरिएको कम्पनीको भनाइ छ । ट्विटरले यसका लागि उनको ट्विटर ह्याण्डल रियलडोनाल्डट्रम्पबाट भएका ट्विटहरुको समीक्षा पश्चात यस्तो निर्णय लिइएको जनाएको छ ।

यसअघि उनको ट्विटर एकाउण्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । राष्ट्रपति ट्रम्पले पुनः नियम उल्लंघन गरे यसमा स्थायी प्रतिबन्ध लगाउने ट्विटरले बताएको थियो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी संसदमा आक्रमण तथा तोडफोडमा संलग्नलाई देशभक्त भन्दै लगातार ट्वीट गरेपछि ट्विटरको यस्तो निर्णय आएको हो ।

उता फेसबुकले समेत उनको एकाउण्ट अनिश्चितकालका लागि निलम्बन गरिसकेको छ । त्यस्तै अर्को लोकप्रिय सामाजिक खेल सञ्जाल ट्विचले समेत उनीमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *