विदेश

राष्ट्रपति ट्रम्पलाई तत्काल पदबाट बर्खास्त गर्न माग

हिमालय टिभी
२०७७ पुष २४ गते ७:४०
राष्ट्रपति ट्रम्पलाई तत्काल पदबाट बर्खास्त गर्न माग

२४ पुस २०७७ वाशिङ्टन डीसी । अमेरिकी कङ्ग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

ट्रम्पका समर्थकहरूले बुधबार हिंसात्मक तवरले अमेरिकी संसद् भवन कब्जा गर्ने प्रयास गरेपछि विपक्षीहरूले राष्ट्रपतिबाट हटाउन माग गरेका हुन् ।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए। सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्।

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ। हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्।

बुधबारको झडपमा परेर चार जनाको मृत्यु भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन्। प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ। प्रहरीले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना भइरहेको छ ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन्। विपक्षी नेताहरुले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउन माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *