विदेश

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले गरे हिंसात्मक प्रदर्शन

हिमालय टिभी
२०७७ पुष २३ गते ७:४९
अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले गरे हिंसात्मक प्रदर्शन

२३ पुस २०७७ वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसात्मक प्रदर्शन गरेका छन् ।

राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित क्यापिटोल बिल्डिङमा प्रवेश गरेर हिंसात्मक प्रदर्शन र तोडफोड गरेका हुन् ।

कंग्रेसमा सांसदहरूले नवनिर्वाचित राष्ट्रपनि जो बाइडेनको जितलाई औपचारिकता प्रदान गर्न छलफल गरिरहेका बेला प्रदर्शन र तोडफोड भएको हो ।

इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने प्रक्रिया संक्षिप्त हुने भए पनि रिपब्लिकन सांसदले केही मतपरिणामलाई अस्वीकार गरेका कारण छलफल लम्बिएको थियो ।

प्रदर्शनकारीले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् । उनीहरुले चुनावी परिणाम रद्द गर्नुपर्ने बताएका थिए । त्यस क्रममा झण्डै तीन घण्टासम्म संसद भवनमा नियन्त्रण कायम गरेका प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप समेत भएको थियो ।

झडपमा एक जनाको मृत्यु भएको छ । ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै फेरि एक पटक आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको दाबी उनले गरेका छन् ।

उता बाइडेनले विलमिङ्टन, डेलावेयरबाट देशलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गरेका थिए । प्रदर्शनपछि सुरक्षा व्यवस्थाका कडा पारिएको छ भने अहिलेसम्म १३ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *