विदेश

दक्षिण कोरियाद्वारा ७१४ किलोमिटर प्रतिघण्टा चल्ने रेलको सफल परीक्षण

हिमालय टिभी
२०७७ पुष २२ गते १३:१३
दक्षिण कोरियाद्वारा ७१४ किलोमिटर प्रतिघण्टा चल्ने रेलको सफल परीक्षण

२२ पुस, काठमाडौं । दक्षिण कोरियमा विश्वकै द्रुत गतिको रेलको सफल परीक्षण भएको छ ।

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान कोरेलले विश्वको सबैभन्दा तिव्रगतिको रेलको सफल परीक्षण सम्पन्न गरेको हो । प्रतिघण्टा एक हजार किलोमिटरको गतिको हाइपरट्युब रेलको परीक्षण सफल भएको कोरेलले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब परियोजनाका लागि सन् २०१७ देखि काम थालेको थियो ।

गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप रेल प्रतिघण्टा ७१४ किलोमिटरका दरले गुडेको थियो । नयाँ घोषणाअनुसार अब पहिलेका सबै समस्याहरुको समाधान गरी रेल अब प्रतिघण्टा एक हजार किलोमिटरको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको विकास सफल भएको बताइएको छ । कोरियाद्वार विकासित उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमान भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २ हजार २४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *