विदेश

जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान

हिमालय टिभी
२०७७ पुष २२ गते ७:४४
जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान

२२ पुस २०७७ न्युयोर्क । अमेरिकाको जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान भएको छ ।

जर्जियामा रिक्त दुई स्थानका लागि दोस्रो चरणको मतदान भएको हो । सिनेटको शक्ति सन्तुलनका लागि जर्जियाका दुई सिट महत्वपूर्ण छन् ।

गएको नोभेम्बर ३ तारिखमा सम्पन्न चुनावमा दुई सिटका कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएका कारण त्यहाँ पुनः मतदान भएको हो ।

डेमोक्याट्सलाई सिनेटमा बहुमतका लागि दुबै सिटमा जित आवश्यक छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जर्जियालीको निर्णयले आउने धेरै वर्षका लागि अमेरिकाको मार्ग तय गर्ने बताएका छन् ।

उता रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले सिनेटमा रहिरहन जित्नै पर्ने बताए । राष्ट्रपति ट्रम्पले आफूले माया गर्ने अमेरिकालाई बचाउने अन्तिम अवसर रहेको जनाए ।

रिपब्लिकन पार्टीका तर्फबाट केली लोफ्लर र डेविड पर्ड्यू तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट राफायल वार्नक र जोन असफ सिनेट सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

एक सय सिट मध्ये ५२ सिटका साथ सिनेटमा अहिले रिपब्लिकनको बहुमत छ । जर्जियामा ३० लाख भन्दा बढिले अग्रिम मतदान गरेका थिए ।

मतदान केन्द्रहरु बन्द हुन थालेसँगै प्रारम्भिक नतिजा पनि आउने क्रम शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *