विदेश

कसैले दिएको श्राप लाग्छ ? श्राप दिएर मर्ला त रुख ?

हिमालय टिभी
२०७७ पुष १९ गते १३:४७
कसैले दिएको श्राप लाग्छ ? श्राप दिएर मर्ला त रुख ?

‘कसैलाई सय पटक श्राप दियो भने एउटा श्राप लाग्छ ।’ नेपाली किम्बदन्ती छ । यदि कसैलाई श्राप दिएर मानिस मर्थ्यो भने के हुन्थ्यो ?

सायद केही दिनभित्रै यो पृथ्वीमा मानिसहरु हुने थिएनन् होला । हामीलाई थाहा छ, श्राप दिँदैमा मानिस मर्दैन । तर, विश्वास गर्नुस, यो संसारमा रुखलाई श्राप दियो भने त्यो रुख मर्छ भन्नेमा विश्वास गर्नेहरु पनि छन्।

अष्ट्रेलियाभन्दा उत्तर पूर्वमा एउटा देश छ, सोलोमन आइल्याण्ड । जहाँका बासिन्दाहरु श्राप दिएर रुख मर्छ भन्नेमा विश्वास गर्छन् ।

रिपोर्टहरका अनुसार यदि रुख निकै ठूलो छ र बञ्चराले काट्न सकिँदैन, गाउँलेहरु त्यस रुखको अगाडी गएर सामूहिक रुपमा सराप्ने गर्दछन् । साँझको समयमा गएर ठूलो स्वरमा सराप्ने गर्दछन् । यो प्रकृया ३० दिनसम्म चल्छ । ३० दिनपछि यो रुप मर्छ ।

सोलोमनबासीहरुको विश्वास छ की ठूलो स्वरले श्राप दियो भने रुपमा नकारात्मक शक्ति प्रवाह हुन्छ । यो जुक्तिले काम पनि गरेको छ । सन् १९८९ मा रोबर्ट फलगम्सले लेखेको पुस्तक अल आई रियल्ली नीड टू नो आई लर्नड इन सोलोमन नामक पुस्तकमा पनि उल्लेख गरिएको छ ।

वैज्ञानिक रुपमा यो आंशिक रुपमा पुष्टि हुन्छ । कुनै पनि व्यक्ति वा जिवजन्तुलाई निरन्तर गाली ग¥यो भने उसको स्वास्थ्य बिग्रन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *