विदेश

श्रीलंकामा कोरोना संक्रमणको दोस्रो लहर शुरु

हिमालय टिभी
२०७७ पुष १३ गते ७:२७
श्रीलंकामा कोरोना संक्रमणको दोस्रो लहर शुरु

१३ पुस २०७७ कोलम्बो । श्रीलंकामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको विज्ञले बताएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप सावधानी अपनाउन थालेको छ । त्यहाँ संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

लामो समयसम्म गृहयुद्धको सामना गरेको श्रीलंकामा कोरोनाको दोस्रो लहर देखिएसँगै थप सावधानी अपनाउन तथा कडा प्रतिबन्ध लगाउन विज्ञको सुझाव छ । त्यहाँ बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबर महिनादेखि नै विद्यालय बन्द गरिएका छन् ।

त्यस्तै राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण बस्तीमा समेत संक्रमणको दोस्रो लहर देखा परेको छ ।

संक्रमण देखा परेका स्थानलाई शहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिने गरी सावधानीका उपाय अपनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *