विदेश

भीडमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा सात जनाको मृत्यु, सात जना घाइते

हिमालय टिभी
२०७७ पुष १३ गते ७:०४
भीडमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा सात जनाको मृत्यु, सात जना घाइते

१३ पुस २०७७ बेइजिङ । चीनको उत्तरपूर्वी प्रान्त लिओलिंगमा एक जना व्यक्तिले मानिसहरुको भीडमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट सात जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

लिओनिंग प्रान्तको एउटा सानो सहर कायायुआनमा भएको घटनामा सात जना घाइते भएका छन् । चीनको सरकारी न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले घटनामा संंलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रत्यक्षदर्शीलाई उधृत गर्दै सञ्चार माध्यमले जनाएअनुसार आक्रमणको कारण भने खुल्न सकेको छैन ।

चीनमा यसप्रकारको हिंश्रक अपराध तुलनात्मक रुपमा काम हुने गर्दछ। तर विगत केही वर्षमा चक्कु वा धारिलो हतियार आक्रमणको घटना बढेको छ ।

सञ्चार मध्यमका अनुसार यस्ता घटनामा संलग्न व्यक्तिहरु मानसिक रोगका शिकार हुने गरेका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा केही प्रहरी घाइतेसमेत भएका छन् । यद्यपि घाइतेहरुका बारेमा केही बताइएको छैन । घटना विद्यालय हाताबाहिर भएको हो । आक्रमणको शिकार हुनेहरु अधिकांश मध्यम उमेरमा महिला र वृद्धाहरु रहेका छन् ।

लियू उपनाम गरेकी एक महिलाले भनिन्–यो त राहतको कुरा थियो कि आज विद्यालय बन्द थियो, नत्र अरु कयौं मानिस यसको शिकार हुन सक्दथे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *