विदेश

फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस

हिमालय टिभी
२०७७ पुष ११ गते ७:५७
फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोना भाइरस

११ पुस २०७७ पेरिस । बेलायत र दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि पाइएको छ ।

बेलायत र दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । टुअर्स शहरमा नयाँ स्वरूपको कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र उनलाई अहिले आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित व्यक्ति यही डिसेम्बर १९ तारिखका दिन बेलायतबाट फ्रान्स गएका थिए ।

बेलायत र दक्षिण अफ्रिकामा फेला कोरोनाको नयाँ प्रजातिको भाइरसबारे विश्व चिन्तित हुँदा फ्रान्समा देखिनुले थप चिन्ता थपिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको रुपान्तरित स्वरुपको संक्रमण पहिलो पटक गएको सेप्टेम्बरमा बेलायतमा पुष्टि भएको थियो । नयाँ भाइरस तीव्र गतिमा फैलने र निकै संक्रामक रहेको विज्ञको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *