विदेश

श्रीमती अर्को पार्टीमा लागेपछि श्रीमानले दिए सम्बन्ध विच्छेदको धम्की

हिमालय टिभी
२०७७ पुष १० गते १४:०१
श्रीमती अर्को पार्टीमा लागेपछि श्रीमानले दिए सम्बन्ध विच्छेदको धम्की

१० पुस २०७७ पश्चिम बंगाल । राजनीतिक पार्टी परिवर्तन गरेपछि भारतको पश्चिम बंगालका एक सांसदले श्रीमतीलाई सम्बन्ध विच्छेद गर्ने धम्की दिएका छन् । उनीहरुको दशकभन्दा लामो सम्बन्ध पार्टी परिवर्तनका कारण धरापमा परेको हो ।

भारतीय जनता पार्टीका सांसद सुमित्र खानले आफ्नी पत्नीलाई सम्बन्ध विच्छेदको सूचना पठाए । श्रीमती सुजाता मण्डल खानले पश्चिम बंगालको तृणमुल कांग्रेस पार्टीको सदस्यता लिएपछि उनीहरुको सम्बन्धले चर्चा पाएको छ ।

पश्चिम बंगालमा भाजपा र टीएसीबीच कडा प्रतिष्पर्धा हुँदैछ । गत सोमबार भएको एक पत्रकार सम्मेलनमा सुजाताले विभिन्न कारण उल्लेख गर्दै भाजपा छोड्ने निर्णय गरेकी थिइन् ।

श्रीमतीको यो निर्णयप्रति रुष्ट सुमित्र खानले श्रीमतीको नामबाट खान हटाउन सार्वजनिक आदेशसमेत दिएका छन् । उनले आफूलाई सुमित्र खानको पत्नी भनेर नभन्न पनि भनेका छन् ।

यो राजनीतिक स्टन्ट अहिलेसम्म नदेखिएको त्यहाँका एक वरिष्ठ पत्रकारले बताएका छन् । सुजापाले भाजपा परित्याग गरी नयाँ पार्टीमा प्रवेश गरेपछि उनीहरुको अन्तर्वार्ताका लागि पत्रकारहरुको लाइन नै लाग्न थालेको छ ।

‘उनी मेरो प्रेम थिइन । समझदार पत्नी थिइन् । उनी मेरो कमजोरी पनि थिइन् । म निकै भावुक भएको छु, हामीले पति–पत्निका रुपमा १० वर्ष विताएका छौं,’ पत्रकार सम्मेलनमा सुमित्र खानले भने ।

गत वर्षको चुनावमा सुमित्रलाई जिताउनका लागि श्रीमतीको योगदान महत्वपूर्ण थियो । आफ्नो पतिलाई जिताउनका लागि उनले घर–घर गएर जनतासमक्ष भोट समेत मागेकी थिइन् ।

‘तर, हाम्रो यात्रा सकिएको छ । अब उनीसँग मेरो केही सम्बन्ध छैन,’ सुमित्रले थपे ।

भाजपाले आफूलाई सम्मान नदिएको आरोप सुजाताको छ । तर, सुमित्रले भने,‘मोदीले सुजातालाई बहिनी मान्छन्, योभन्दा बढी के चाहियो ?,’ सुमित्रको प्रश्न छ ।

राजनीतिमा ब्यस्त भएका कारण पछिल्लो १० महिना सुमित्रले आफूलाई समय नदिएको आरोप सुजाताको छ ।

‘उनी राजनीतिमा ब्यस्त छन् । मलाई खाइस की खाइनस् वा कस्तो छ भनेर पनि सोधेका छैनन्,’ पत्रकारसँगको अन्तर्वार्तामा सुजाताले भनिन् ।

उनले भाजपाकै नेताहरुले आफ्नो सम्बन्ध बिगार्न खोजेको आरोप पनि लगाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *