भारतमा कोरोना संक्रमणबाट एक लाख ४७ हजार जनाको मृत्यु

Himalaya Television
२०७७ पुष १० गते १३:५५

भारतमा कोरोना संक्रमणबाट एक लाख ४७ हजार जनाको मृत्यु

१० पुस २०७७ नयाँ दिल्ली । भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।

भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भइसकेका छन् ।

यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ । हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ ।

भारतीय राज्य दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार नयाँ संक्रमित भेटिएका र ३७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा हालसम्म १० हजार ३८४ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs