विदेश

कोरोना संक्रमण फैलिन नदिन इजरायलमा लकडाउन घोषणा

हिमालय टिभी
२०७७ पुष १० गते ७:२२
कोरोना संक्रमण फैलिन नदिन इजरायलमा लकडाउन घोषणा

१० पुस २०७७ इजरायल । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन भन्दै इजरायलमा पुनः लकडाउनको घोषणा गरिएको छ ।

आगामी आइतबारदेखि लागू हुने गरी त्यहाँ तेस्रो चरणको पूर्ण लकडाउन शुरु हुन लागेको हो । लकडाउन देशव्यापी हुने इजरायली प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लकडाउन तत्कालका लागि दुई हप्ताका लागि भएपनि आवश्यकताअनुसार लम्ब्याउन सकिने जनाइएको छ । लकडाउनमा घरदेखि एक हजार मिटरभन्दा टाढा जान नपाइने तथा एक स्थानबाट अर्को स्थानमा गएर बस्न समेत पाइने छैन ।

त्यस्तै तल्लो तहमा पूर्व प्राथमिक, एकदेखि कक्षा ४ सम्म र माथिल्लो तहमा कक्षा ११ र १२ का पढाइ मात्रै सञ्चालनको अनुमति रहनेछ ।

व्यवसायीक तथा व्यापारिक कार्यालय बन्द हुनेछन् तर अत्यावश्यक सेवाका कार्यालय भने खुला रहनेछन् । त्यस्तै घरबाटै काम गर्न प्रोत्साहन गरिने छ भने सार्वजनिक सवारीमा आधा संख्यामा मात्रै यात्रु राख्ने व्यवस्था गरिएको छ ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी संक्रमति थपिने गरेका छन् । दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम नहुँदासम्म लकडाउन नहट्ने बताइएको छ ।

इजरायलमा कोरोना संक्रमित हुने मानिसको संख्या तीन लाख ८९ हजार नाघ्दा तीन हजार भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *