विदेश

कोरोना संक्रमण तीव्र्र बनेको भन्दै भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यु्

हिमालय टिभी
२०७७ पुष ९ गते ७:१४
कोरोना संक्रमण तीव्र्र बनेको भन्दै भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यु्

९ पुस २०७७ नयाँ दिल्ली । विश्वव्यापी कोरोना भाइरसको संक्रमण तीव्र भएको भन्दै भारतका विभिन्न राज्यमा रात्रिकालीन कर्फ्यू लगाइएको छ ।

चाडपर्वसम्बन्धी गतिविधि विशेष गरेर राति हुने र यसले संक्रमण थप बढ्ने भन्दै रात्रिकालीन कर्फ्यू लागू गरिएको अधिकारीहरूको भनाइ छ । भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा गएरातिदेखि लागू हुने गरी पुष १८ गतेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

कर्फ्यू लागू हुने समय राति १० बजेदेखि बिहान ६ बजेसम्म रहेको अधिकारीहरूले जनाएका छन् । कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिंडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेका छन् ।

यसअघि नै महाराष्ट्र राज्यमा पनि सात घण्टे कर्फ्यू आदेश जारी भइसकेको छ । राति ११ बजेदेखि बिहान ६ बजेसम्म महाराष्ट्रमा लागू कर्फ्यू पुष २१ गतेसम्म जारी रहनेछ ।

अंग्रेजी नयाँ वर्ष र क्रिसमसका बेला भीडभाड र चलहलपहल बढ्ने भएकाले कोरोना थप फैलिन सक्ने भन्दै कर्फ्यू आदेश जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा कोरोना संक्रमित हुनेको संख्या एक करोड एक लाख नाघ्दा यसबाट मृत्यु हुने मानिसको संख्या करिब १ लाख ४७ हजार पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *