विदेश

केही ईयूका अधिकारीहरुविरुद्ध रुसले लगायो यात्रा प्रतिबन्ध

हिमालय टिभी
२०७७ पुष ८ गते ७:५९
केही ईयूका अधिकारीहरुविरुद्ध रुसले लगायो यात्रा प्रतिबन्ध

८पुस २०७७ मस्को । रूसले यूरोपेली संघ (ईयु) का केही अधिकारीविरुद्ध यात्रा प्रतिबन्धको घोषणा गरेको छ ।

केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा रूसले पनि केही ईयुका अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

यसअघि ईयुले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको घटनाबारे केही रूसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

युरोपेली युनियनको निर्णयको जवाफमा रुसी संघमा प्रवेश निषेध गरिने ईयु सदस्य राष्ट्र र विभिन्न यूरोपेली संस्थाका प्रतिनिधिको सूची तयार गर्ने निर्णय भइसकेको रूसी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मस्कोले ईयु तीन देशका वरिष्ठ कूटनीतिज्ञहरूलाई बोलाई आफ्ना अधिकारीमाथि लगाइएको प्रतिबन्धबारे सोधपुछ गरेपछि बदलामा तत्कालै ईयुका प्रतिनिधिहरूमाथिको प्रतिबन्धको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *